भारतको जम्मु कश्मीरमा सैनिक गाडीमा आक्रमण हुँदा ५ जना सैनिकको मृत्यु
एजेन्सी । भारतको जम्मु कश्मीरमा सैनिक गाडीमा भएको आक्रमणमा ५ सैन्य जवानको मृत्यु भएको छ ।
कठुआमा भएको आक्रमणमा परी ५ जना घाइते भएका हुन्। ५ दिनको अवधिमा जम्मु कश्मीरमा दोस्रो पटक यस्तो आक्रमण भएको हो। अधिकारीहरुका अनुसार सैन्य वाहनमा आतंकवादी समूहले पहिले बम प्रहार गरेर अन्धाधुन्ध गोली चलाएको थियो। जम्मु कश्मीरको कुलगाममा २ दिनअघि भएको आक्रमणमा २ सैनिकको मृत्यु भएको हो।
सोही आक्रमणका क्रममा आतंकवादी समूहका ६ जनाको मृत्यु भएको छ । जम्मु कश्मिरका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता निरन्तर आक्रमणका घटना भइरहेका छन्। आतंकवादी समूहले सेनाको गाडी लक्षित धराप थाप्ने र गोली चलाउने गरेको हो।
सोही आक्रमणमा स्थानीयले समेत आतंकवादीलाई सहयोग गरेको जनाइएको छ ।