श्रीलंकामा ७१ वटा डिभिजनमा उच्च जोखिमयुक्त डेंगु क्षेत्र घोषणा
एजेन्सी । श्रीलंकाको राष्ट्रिय डेंगु नियन्त्रण एकाई (एनडीसीयु) ले आइतबार राजधानी कोलम्बो लगायतका १५ जिल्लाका ७१ वटा डिभिजनलाई डेंगु ज्वरोको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ ।
एनडीसीयुले मे २६ र जुन १ तारिखकोबीचमा गरेको सर्वेक्षणमा लामखुट्टे प्रजनन स्थानहरूमा वृद्धि भएको फेला परेको जारी विज्ञप्तिमा भनिएको हो । एजेन्सीले गत जनवरीदेखि अप्रिलसम्म डेंगु घटनाहरू तुलनात्मक रूपमा कम रहेको जनाएको छ ।
तर पनि विगतका वर्षहरूको अनुभव अनुसार दक्षिणपश्चिम मनसुन शुरु भएसँगै गत मे महिनादेखि संक्रमित मानिसहरुको संख्या बढेका जनाइएको हो ।