रौतहट यातायात कार्यालयबाट २ जना बिचौलिया पक्राउ
काठमाडौं । यातायात कार्यालय रौतहटबाट २ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
गौरको ट्रायल सेन्टरमा बिचौलियाले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम अशुलेको गुनासो आएपछि २ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । पक्राउ पर्नेमा चितवन भरतपुर–१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने ४८ वर्षीय श्यामनारायण साह रहेका छन्।
पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाको बारेमा पूर्ण विवरण सार्वजनिक गर्ने प्रहरीले बताएको हो । पछिल्लो समय यातायात कार्यालय गौरमा स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं बिचौलियाले लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने गरेको स्थानीयको भनाइ छ।
प्रयोगात्मक परीक्षा पास गराइदिने भन्दै उनीहरूले एक जनाबाट १० देखि ३० हजार रुपैयाँ लिने गरेको प्रहरीले बताएको हो ।