भारतको पञ्जाबस्थित जालन्धरमा कांग्रेस नेता चरणजीत सिंह चन्नी विजयी
एजेन्सी । भारतको पञ्जाबमा पर्ने जालन्धर लोकसभा सिटमा पूर्वमुख्यमन्त्री चरणजीत सिंह चन्नी विजयी भएका छन् ।
मंगलबार कांग्रेस नेता चरणजीतले भारतीय जनता पार्टी (भाजपा) का सुशीलकुमार रिंकुलाई १ लाख ७५ हजार ९ सय ९३ मतले पराजित गरेका हुन् । उनले ३ लाख ९० हजार ५३ मत प्राप्त गरेका छन् । सन् १९९९ देखि २०१९ सम्म यहाँ कांग्रेसकै दबदबा थियो । तर, पछिल्लो चुनावमा सोही क्षेत्रमा आम आदमी पार्टी विजयी भएको हो ।
पञ्जाबमा कुल १३ लोकसभा सिट रहेका छन् । चरणजीतको विजयपछि बाँकी रहेका १२ सीट मध्ये ६ मा कांग्रेस, ३ मा आम आदमी पार्टी र एकमा शिरोमणि अकाली दल र २ मा स्वतन्त्र उम्मेदवारको अग्रता कायम रहेको हो ।