प्रतिनिधि सभाको बैठकमा आज उर्जामन्त्री बस्नेतले जलस्रोत विधेयक प्रस्तुत गर्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान पनि बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको हो । सोही बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफल र पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको हो।