मेक्सिकोको प्रथम महिला राष्ट्रपति क्लाउडिया शेनबाउम बनिन्
एजेन्सी । मेक्सिकोमा ऐतिहासिक जित हाशिल गर्दै पहिलो महिला राष्ट्रपति पदमा क्लाउडिया शेनबाउम विजयी हुनुभएको छ ।
मेक्सिकोमा आइतबार सम्पन्न भएको चुनावमा क्लाउडिया ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेर राष्ट्रपति पदमा विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी सोरचिल गाल्भेस भन्दा करिब ३० प्रतिशत भन्दा बढी मत प्राप्त गरेर विजयी भएको मेक्सिकोको निर्वाचन आयोगले जनाएको छ ।
क्लाउडिया यसअघि मेक्सिको सिटीको मेयर भइसक्नुभएको थियो । क्लाउडियाले आगामी अक्टोबर १ तारिखदेखि राष्ट्रपतिको पदभार सम्हाल्नु हुने भएको छ ।