देशमा रोजगारीको ठूलो समस्या छ, रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीसँग मन्त्री अर्यालको आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताउदै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।
जनधपुरमा शनिबार श्रमाधान मेलाको उद्घाट गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले देशभरको तुलनामा मधेश प्रदेशमा रोजगारीको समस्या विकराल रहेको बताउनुभयो । रोजगारको खोजिमा युवा पुस्ता भौंतारिरहेको अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनभएको छ ।
मेलाले श्रमिक र रोजगारदाताका समस्या आवश्यकताको बारेमा बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको भन्दै देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न मन्त्री अर्यालले आग्रह गर्नुभएको छ।