सबै भन्दा टाढाको ज्ञात आकाशगंगा पत्ता लगाएको नासाको दावी
एजेन्सी । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबै भन्दा टाढाको ज्ञात आकाशगंगा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ ।
सोही ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको शुरुवाती विस्फोट र बिग ब्याङ्गको ३० करोड वर्षको समय भन्दा कम समयमा बनेको हो । खगोलशास्त्रीहरूले ब्रह्माण्डको शुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्यांग भएको छ ।
यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा शुरु भयो । त्यसपछि विस्तारित र अहिलेको रूपमा ठूलो रूपमा फैलिएको विचार हो । यो अझै पनि फैलिरहेको छ । पछिल्ला २ वर्षमा वैज्ञानिकहरूले वेबको प्रयोग गरी ‘कस्मिक डन’ को पत्ता लगाउने प्रयास गरिरहेका हुन् ।
सोही आकाशगंगाहरूले ब्रह्माण्ड धेरै सानो हुँदा ग्याँस, तारा र ब्ल्याक होलहरू परिवर्तन भएका तरिकाहरूमा महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ ।