मनाङ घुम्न गएका ललितपुरका एक जना युवक ४ दिनदेखि सम्पर्क विहीन
काठमाडौं । मनाङ घुम्न गएका एक युवक ४ दिनदेखि सम्पर्क विहीन भएका छन्।
ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यहि जेठ १६ गते दिउँसोदेखि सम्पर्क विहीन भएका हुन्। तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्क विहीन भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो।
गोरखालीसँगै रहेका अन्य ३ जनाले गोरखाली सम्पर्क विहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ।
ड्रोनको प्रयोग गरेर गोरखालीको खोजी गर्ने तयारी भइरहेको प्रजिअ लामिछानेले जानकारी दिनुभयो।