भारतको लोकसभा चुनावमा वाराणासीबाट नरेन्द्र मोदी विजयी
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट मंगलबार साँझ विजयी हुनुभएको छ ।
उहाँ वाराणासीबाट लगातार तेस्रो पटक विजयी हुनुभएको हो । मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई १ लाख ५२ हजार ५ सय १३ मतले पराजित गर्नुभएको छ । उहाँ यस पटक सबै भन्दा कम मतान्तरले विजयी हुनुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका हुन् ।
प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत प्राप्त गरेर पराजित हुनुभएको छ । सन् २०१९ को चुनावमा मोदी ४ लाख ७९ हजार ५ सय ५ मतान्तरका साथ विजयी हुनुभएको थियो ।