लमजुङमा पहिरोले ३ वटा घर बगाउँदा ४ जना बेपत्ता
काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।
मंगलबार राति १ बजेतिर गएको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका हुन् । पहिरोले रुद्रमान गुरुङ, उनकी बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरी इच्छा र नम्रता बेपत्ता भएको प्रहरीले बताएको हो ।
अहिले बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको हो । हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदैछ। सोही घटनाको विषयमा थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको हो ।