एमाले बाजुराको अध्यक्ष पदमा लाल ओली विजयी
काठमाडौं । नेकपा एमाले बाजुराको अध्यक्षमा सोमबार लालबहादुर ओली विजयी हुनुभएको छ ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ओलीले २ सय १८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भरतबहादुर थापाले २ सय ३ मत प्राप्त गरे पराजित हुनुभएको छ ।
त्यस्तै, उपाध्यक्षमा जनककुमार बोहरा, सचिवमा काशीबहादुर बिक, उपसचिव (खुला) मा हरिबहादुर रोकाया र उपसचिव (महिला) मा राजकला सार्की विजयी भएको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिनुभयो । यहि जेठ १ गतेबाट शुरु भएको आठौं जिल्ला अधिवेशनमा ४ सय ३९ जना प्रतिनिधि थिए । जसमा ४ सय २५ मत खसेको थियो ।
पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना शुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।