कोशी प्रदेशमा नवनियुक्त मन्त्रीले शपथ लिए
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।
शुक्रबार नवनियुक्त मन्त्रीहरूलाई एक कार्यक्रमकाबीच प्रदेशप्रमुख परशुराम खापुङले शपथ गराउनुभएको हो ।मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार मन्त्रिपरिषदको विस्तार गर्नुभएको छ । उहाँले नेकपा एमालेका ३ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री र नेकपा माओवादी केन्द्रका २ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो।
मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । सिर्जना राईलाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।
त्यस्तै, माओवादीका गणेश उप्रेतीलाई भौतिक योजना, नारायण बुर्जामगरलाई पर्यटन र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । बन्दना झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।