कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रले आज दावी पेश गर्दै
काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ।
उहाँले संविधानको धारा १६८ को उपधारा (५) अनुसार २८ गते शुक्रबार साँझ ५ बजेभित्र आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको हो । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दावी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्नका लागि बुधबार नै निवेदन दिएका थिए ।
एमाले संसदीय दलका नेता हिम्मत कार्कीका अनुसार आज (बिहीबार) दिउँसो एमाले र माओवादी केन्दको्र नयाँ सरकारका लागि संयुक्त रुपमा दावी पेश गर्ने तयारी रहेको छ। एमालेले आफ्ना सबै सांसदलाई बिहीबार बिहान ११ बजेसम्ममा संसद सचिवालयमा भेला हुन निर्देशन दिएको हो ।
उता माओवादी केन्द्रले पनि आफ्ना सांसदहरूलाई संसद सचिवालय आउन आग्रह गरेको जनाएको छ।