प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिंदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यहि जेठ ७ गते विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकालमा चौंथो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेको समयमा अचानक सत्तापक्षले विश्वासको मत लिने निर्णय गरेको छ ।
गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मतका लागि प्रधानमन्त्री दाहालको सचिवालयले संसद सचिवालयलाई पत्र पठाइसकेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताउनुभयो ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।