इरानमा हेलिकोप्टर दुर्घटना हुँदा राष्ट्रपति इब्राहिम रैसीसहित ९ जनाको निधन
एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।
इरानी रेडक्रस र रेड क्रिसेन्टले आफ्ना उद्धारकर्ताले हेलिकोप्टर दुर्घटना भएको अवस्थामा फेला पारेको जनाएका हुन् । रेडक्रसका करिब ७३ उद्धार टोली आइतबार रातभरी हेलिकोप्टरको खोजी तथा उद्धारमा खटिएकोमा हेलिकोप्टर पूरै जलेको अवस्थामा फेला परेको हो । स्थानीय समय अनुसार सोमबार बिहानै उद्धारकर्ताहरु दुर्घटनास्थलमा पुगेका हुन् ।
राष्ट्रपति रैसी सवार ोखराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ । इरानको इस्ट अजरबैजान प्रान्तको राजधानी शहर ताब्रीजतर्फ जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलिकोप्टरमा राष्ट्रपति रैसी र विदेशमन्त्री हुसेन अमिर अब्दुलाहियानसहित ९ जना यात्रु सवार रहेकोमा उनीहरु सबैको निधन भएको छ ।
राष्ट्रपति रैसीको निधनले इरान अहिले शोकमा डुबेको छ ।