नेपालको नयाँ नक्सा नोटमा छाप्दा अन्य देशले चिन्ता गर्नुपर्दैन: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अन्य देशले चिन्ता गर्नुनपर्ने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवि परिषदको राष्ट्रिय परिषद भेलाको शनिबार शुभारम्भ गर्दै उहाँले नेपालको संसदले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिंदा अरुले टाउको किन दुखाउनुपर्ने भन्दै प्रश्न समेत गर्नुभएको हो । उहाँले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीविहरूको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभएको छ ।
सोही भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त र विद्या भट्टराई लगायतले सम्बोधन गर्दै शुभकामना दिएका थिए । २ दिनसम्म सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीविहरूको सहभागिता रहेको परिषदका महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।