कांग्रेसको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार दिउँसो बस्ने भएको छ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार दिउँसो २ बजे बस्ने भएको हो । शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको बारेमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बस्ने भएको कांग्रेसले जनाएको छ ।
त्यस्तै, सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। सोही विषयमा पनि बिहीबारको बैठकमा छलफल हुने भएको छ ।