प्रधानमन्त्री दाहालको सम्पत्ति विवरण सार्वजनिक, कति छ त...
काठमाडौं । मन्त्रिपरिषदको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
सरकारले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति सामान्य देखिएको हो । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री दाहालसँग भरतपुर महानगरपालिका-१४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । सोही जग्गा पत्नी सीता दाहालको नाममा रहेको हो । उक्त जग्गा जमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।
त्यस्तै, भरतपुर महानगरपालिका-१२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको हो। पत्नी सीता दाहालको नाममै रहेको सोही जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ । त्यस्तै, प्रधानमन्त्री दाहालसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । सोही सुन सम्पत्तिबाट आएको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको हो ।
त्यस्तै, प्रधानमन्त्री दाहाको एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्दात रहेको जनाइएको छ।