मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले लिए पद तथा गोपनीयताको शपथ
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा यादवलाई शपथ गराएका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि बहुमतको दाबी पेस गर्न आह्वान गरिए पनि निर्धारित समयभित्र कुनै दलले दाबी पेस गरेको थिएन ।
त्यसपछि प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार मुख्यमन्त्री नियुक्त गरिएको थियो ।