सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति गठन
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो। समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत जोडिनुभएको छ । उहाँ सहकारी ठगीमा जोडिएको बताउदै नेपाली कांग्रेसले छानबिन समिति गठन गर्नका लागि माग गरिरहेको हो ।