विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गर्ने कार्यको शुरूवात: मन्त्री क्षेष्ठ
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्यको शुरूवात गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा विद्यालय शिक्षा र उच्च शिक्षाको साझा गन्तव्य मुलुकका दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना हुने उहाँले बताउनुभएको हो ।सोही अनुसार योजना बनाउन विश्वविद्यालयहरूका नेतृत्वलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विससंगति रोक्न सरकारले पहल गरिरहेको पनि मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो ।