भारतको दिल्लीमा गर्मीका कारण सबै विद्यालय बन्द
एजेन्सी । भारतको दिल्ली सरकारले गर्मी बढेपछि सबै विद्यालय बन्द गर्न आदेश दिएको छ।
दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले विद्यालय बन्द गर्न आदेश दिएको हो। भारतीय मौसम विभागले यस हप्ता राजधानी दिल्लीमा अझै गर्मी बढ्ने पूर्वानुमान गरेको छ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा विश्वभर असर परेको वैज्ञानिकहरुले बताउँदै आएका हुन्। तापक्रम बढेसँगै दिल्लीमा लू को लहरको अवधि पहिलेको भन्दा बढेको पाइएको छ।
जनस्वास्थ्यका लागि पहिलेको भन्दा लूले गम्भीर असर देखाइरहेको हो।