महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।
महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजिक एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलसमक्ष कार्यालयको ६१ औं वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।
महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिनुभएको छ।