बाँकेमा ३ हजार क्षमताको क्षेत्रीय कारागारको आज गृहमन्त्री लामिछानेले उद्घाटन गर्दै
काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।
क्षेत्रीय कारागारको बिहीबार उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेको हो । कारागारमा ए, बी, सी र डी गरी ४ वटा ब्लक रहेका छन् । पहिलो चरणमा बी ब्लकमा २ सय ५२ कैदीबन्दी राखिने बाँके जिल्ला कारागारका जेल अर्जुनजंग शाहले जानकारी दिनुभएको हो ।
कारागारको क्षमता भन्दा बढी रहेका कैदीबन्दीलाई क्षेत्रीय कारागारमा राखिने उहाँको भनाइ छ । हाल ए ब्लकमा बाल सुधारगृह सञ्चालन गरिएको जेलर उहाँले जानकारी दिनुभयो । देशभरकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको हो ।
१० बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार ३ हजार कैदीबन्दी अट्ने क्षमता भएको छ ।