राष्ट्रिय सभाको बैठक आज पनि बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार पनि बस्ने भएको छ ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार दिउँसो सवाँ १ बजे बस्ने भएको हो । बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेको थियो । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोही बैठक शुक्रबार दिउँसो सवाँ १ बजेसम्मका स्थगित गर्नुभएको हो ।
बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने र राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छन्। त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्रको बारेमा जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने र समिति सदस्यको नाम मनोनयन लगायत कार्यसूची समेत रहेको हो ।
त्यस्तै, कानूनमन्त्री र सञ्चारमन्त्रीले विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।