भारतमा लोकसभा चुनाव: हालसम्म ५० करोड ७२ लाख ९७ हजार बढी मतदाताले गरे मतदान
एजेन्सी । भारतमा भइरहेको १८औं लोकसभा चुनावमा हालसम्म ५० करोड ७२ लख ९७ हजार २ सय ८८ जना मतदाताले मतदान गरेका छन् ।
भारतको निर्वाचन आयोगले चुनावको पाँचौं चरणसम्म कुल मतदाताको ६२.२० प्रतिशत मतदान भएको जानकारी दिएको हो । गत अप्रिल १ तारिखदेखि शुरु भएको मतदान ७ चरणमा सम्पन्न हुने भएको छ ।
पहिलो चरणको मतदान १९ अप्रिल र पाँचौं चरणको मतदान मे २० तारिखमा भएको थियो । निर्वाचन नतिजा आगामी जुन ४ तारिखमा सार्वजनिक गर्ने आयोगले जनाएको हो।
पहिलोदेखि पाँचौं चरणसम्म भारतका ५ सय ४३ मध्ये ४ सय २८ लोकसभा सिटका लागि मतदान प्रक्रिया पूरा भएको छ । शनिबार (मे २५ तारिख) मा छैठौं चरणको मतदान भइरहेको हो । आयोगले समयमै मतदान सम्बन्धी तथ्यांक सार्वजनिक नगरेपछि विपक्षीहरूले सवाल उठाइरहेका थिए ।
मताधिकार प्रयोग गरेका मतदाताको आंकडा सार्वजनिक गर्न आयोगमाथि दवाव परिरहेको थियो ।