विदेशी मुद्राको विनिमय दर आज कति छ त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५६ पैसा पुगेको हो । त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ १८ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ८३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ०६ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।