त्रिभुवन विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना युवकलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका हुन्। लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो ।
उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरिएको प्रहरीले बताएएको छ । ब्रासलेट र औंठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन लिम्बुको साथबाट प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।