राष्ट्रिय राजनीतिको तमासा हेरिरहेका छौं: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिको तमासा हेरिरहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसतो बताउनुभएको हो । अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताउनुभएको छ । राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको समेत उहाँले आरोप लगाउनुभयो ।
राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको उहाँको भनाइ छ । देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्ने उहाँको तर्क थियो । देशमा स्थायित्व र वामपन्थी कम्युनिष्टहरुकाबीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने पनि उहाँले बताउनुभयो ।
कम्युनिष्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरुको रहेको समेत अध्यक्ष नेपालले बताउनुभएको छ ।