भारतमा बढ्दो तापक्रमले स्वास्थ्य संकट निम्त्याउन सक्ने विज्ञको चेतावनी
एजेन्सी । भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको विज्ञहरूले बताएका छ।
चरम गर्मी द्रुत रूपमा सार्वजनिक स्वास्थ्य संकटको विषय बनिरहेको विज्ञहरूले बिहीबार बताएका हुन् । भारतका धेरै सहरले ४५ डिग्री सेल्सियस भन्दा बढी तापक्रमका साथ अत्यधिक गर्मीको लहर झेलिरहेका छन् । ३ करोड भन्दा बढी जनसंख्या भएको राजधानी नयाँ दिल्लीमा बुधबार उच्च तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको हो । भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार सहरका एक मजदुरको गर्मीका कारण मृत्यु भएको छ ।
सहरीकरण र जलवायु परिवर्तनको प्रभावबाट सहरहरू बढी जोखिममा रहेको अनुसन्धान संस्थान क्लाइमेट ट्रेन्ड्सकी निर्देशक आरती खोसलाले बताएकी हुन् । बढ्दो जनसंख्याका कारण मौसमको ढाँचा परिवर्तन हुँदै जाँदा अत्यधिक गर्मी, खडेरी र कम वर्षाका दिनहरूको सामना गर्नुपरेको उनको भनाइ थियो।
खोसलाले बढ्दो तापक्रम आजका दिनमा भारतको कल्याणका लागि सबै भन्दा ठूलो खतरा रहेको बताएकी छन् । दिल्ली र अन्य क्षेत्रको हालैको तापक्रम मानव अस्तित्वका लागि खतराको प्रमाण भएको निर्देशक खोसलाले बताइन ।
भारत गर्मीसँग अपरिचित छैन तर जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक, बारम्बार र अधिक तीव्र गतिले फेरबदल भइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले देखाएको छ । नयाँ दिल्लीको सेन्टर फर साइन्स एन्ड इन्भाइरोन्मेन्ट (सिएसई) ले यस महिना प्रकाशित गरेको एक अध्ययनका अनुसार भारतीय सहरहरू २००१–२०१० को दशकमा जति चिसो थिए ।
त्यति नै हाल रातमा पनि चिसो नभएको अध्ययनले जनाएको छ ।