पूर्वराजा शाहले आज पाटन दरबारको अवलोकन गर्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार दिउँसो ललितपुरस्थित पाटन दरबार लगायतको अवलोकन गर्नुहुने भएको छ ।
सोमबार दिउँसो पूर्वराजा शाह पाटन दरबारको अवलोकन गर्न जानुहुने भएको हो । ललितपुरको हिरण्यवर्ण महाबीहार (गोल्डेनटेम्पल), बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिर लगायतका धार्मिक स्थानमा उहाँले पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
पछिल्लो समय पूर्वराजा शाहले विविध धार्मिक मठ-मन्दिरको अवलोकन गर्न सक्रियता देखाउदै आउनुभएको हो ।