सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन शुक्रबार अन्त्य गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै सोही अधिवेशन अन्त्य गरिएको जानकारी गराएको हो । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गर्नुभएको हो ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले प्रदेश सभाबाट बिहीबार विस्वासको मत प्राप्त गर्नुभएको थियो ।
