गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन: सांसद सिटौला
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबनाएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको बताउनुभयो ।
संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा गृहमन्त्री लामिछाने नै बाधक बनिरहेको उहाँले दावी गर्नुभएको छ । महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै उहाँले आपत्ति समेत जनाउनुभएको हो ।
गृहमन्त्री लामिछानेमाथि यति धेरै कुरा उठिसकेपछि संसदीय छानबिन समिति अनिवार्य बन्नुपर्ने सांसद सिटौलाले बताउनुभयो ।