अत्याधिक गर्मी बढेपछि जनकपुरका विद्यालय आजदेखि ५ दिनसम्म बन्द
काठमाडौं । अत्याधिक गर्मी बढेपछि जनकपुरधामका विद्यालयहरू बिहीबारदेखि ५ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको जनाएको हो ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले हाल बढ्दो अत्याधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै ५ दिनसम्म नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिनुभयो ।
अत्याधिक गर्मीका कारण तराई मधेशका जिल्लाहरूमा 'लू' समेत शुरु भएको छ ।