सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विरूद्धको रिट खारेज
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै गत वैशाख ९ गते रिट दायर गर्नुभएको थियो । न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको इजलासले बिहीबार निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज गरेको हो ।
चौधरीले सोडारीको नियुक्त गैरसंवैधानिक भएको दावी गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गर्नुभएको थियो ।