हजारौं प्यालेस्टाइनी नागरिकलाई रफाह क्षेत्र छोड्न इजरायलको अपील
एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ ।
इजरायलले रफाहको पूर्वीजिल्लाका बासीन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल–मावासीलाई मानवीय क्षेत्र घोषणा गरेको हो । इजरायलले सोही क्षेत्रमा उनीहरुलाई जान अपील गरेको छ । तर संयुक्त राष्ट्रसंघीय निकायले सोही क्षेत्रमा पिउने पानीको सुविधा तथा सरसफाइको व्यवस्था नभएकाले हजार्रौ प्यालेस्टाइनीहरु थप मारमा पर्ने जनाएको हो ।
हमास र इजरयालबीच जारी युद्धका क्रममा गाजाबाट विस्थापित हजार्रौ प्यालेस्टाइनीहरु रफाहमा शरण लिइ बसेकोमा इजरायली सेनाले सोही क्षेत्रमा ब्यापक हमला गरिरहेको छ । स्थानीय र विस्थापित मानिसहरूले भरिभराउ भएका रफाहका केही भागहरू अहिले खण्डहरमा परिणत भएको हो । इजरायलले रफाहमा योजनाबद्ध रुपमा आक्रमण जारी राखेकाले प्यालेस्टाइनीहरुको हताहत्ती र मानवीय संकट निम्तन सक्ने आंकलन गरिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले आफ्ना बन्धकहरूलाई रिहा गरेकै भोलि पल्ट युद्धविराम हुने सम्भावना रहेको बताउनुभएको हो । यद्दपी हमास भने स्थायी युद्धबिराम हुने भए मात्रै बन्धकहरु छोड्न राजी भएपछि वार्ताले निकास पाउन सकेको छैन ।