प्रतिनिधि सभाको बैठक आगामी जेठ १ गतेसम्मका लागि स्थगित
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक आगामी जेठ १ गतेसम्मका लागि स्थगित गर्नुभएको छ ।
शुक्रबार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक जेठ १ गते साँझ ६ बजे सम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा कांग्रेसका सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।
कांग्रेसका सांसदहरुले गृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।