इलाम-२ उपनिर्वाचन अपडेट: एमालेका उम्मेदवार सुहाङको अग्रता कायमै, कांग्रेसका खड्काले पछ्याउँदै
काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना सोमबार पनि जारी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको हो । प्राप्त पछिल्ला मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङले ९ हजार ४ सय ८४ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का सुहाङ भन्दा २ हजार ८ सय ५३ मतले पछाडि पर्नुभएको हो । कांग्रेसका उम्मेदवार खड्काले ६ हजार ६ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, तेस्रो स्थानमा रहनुभएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५ हजार ९ सय ५१ मत प्राप्त गर्नुभएको हो । चौथो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ४ सय १ मत प्राप्त गर्नुभएको छ ।
इलाम-२ अन्तर्गत अहिले माङसेबुङको मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको हो ।