मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्र मठिहानीको निरीक्षण
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शनिबार महोत्तरीको मठिहानी- ६ स्थित आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा भएको बैठकमा सहभागी हुन काठमाडौं आउनुभएका मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै शनिबार मठिहानीमा पुगेर आगलागी प्रभावित क्षेत्रको निरीक्षणका साथै पीडित परिवारहरूको अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।
पीडित परिवारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको यकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकार जनताको सरकार भएको उल्लेख गर्दै उहाँले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तात्कालीन राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा गर्ने बताउनुभएको छ ।
यहि वैशाख १२ गते मटिहानी-६ मा भएको भीषण आगलागीबाट १ सय ३ वटा घर जलेर नष्ट भएका थिए ।