बझाङ-१ उपनिर्वाचन अपडेट: कांग्रेसका उम्मेदवार सिंहले मत बढाउँदै, एमालेका भण्डारी २६४ मतले पछाडि
काठमाडौं । बझाङ-१ को प्रदेशसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना सोमबार पनि जारी रहेको छ ।
आइतबार रातिसम्म निरन्तर अग्रता लिएको नेकपा एमालेलाई नेपाली कांग्रेसले सोमबार बिहानदेखि उछिनेको हो । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार अविषेक सिंहले ७ हजार ४ सय ९२ मत प्राप्त गर्दा एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार २ सय २८ मत प्राप्त गर्नुभएको छ। कडा प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २ सय ६४ मतले अगाडि बढेको हो ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बुढा २८ सय ९५ मतसहित तेस्रो र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय २ मतसहित चौथो स्थानमा रहेका छन्। बझाङमा अब मष्टा गाउँपालिकाको मतगणना शुरु हुने भएको हो।
हालसम्म जनपा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा र सुर्मा गाउँपालिकाको मतगणना भइसकेको छ।