महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले व्यापार व्यवसायमा महिलाहरुको सहभागिता बढाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले व्यापार व्यवसायमा महिलाहरुको सहभागिता बढाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले काठमाडौंमा आयोजना गरेको हिमालयन हाईड्रो एक्स्पो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री चौधरीले व्यापार व्यवसायमा महिलाहरुको संख्या न्यून रहेकाले उनीहरुको संख्यामा वृद्धि गर्ने कुरामा लाग्नुपर्ने बताउनुभयो ।
महिलाहरुलाई हतोत्साही नहुने गरी अघि बढाउन आफनो मन्त्रालयले सक्दो पहल गर्ने उहाँको भनाइ छ । मन्त्री चौधरीले महिलामैंत्री बजेट बनाउनका लागि आफूले अन्तर मन्त्रालयहरुबीच छलफल गरेको पनि स्मरण गराउनुभयो । महिलामैंत्री बजेटको व्यवस्था गर्न अन्य मन्त्रालयलाई पनि उहाँले आग्रह गर्नुभएको हो ।
महिलाहरुलाई व्यापार व्यवसायमा आउनका लागि आवश्यक वातावरण बनाउनका लागि ऐन-कानून संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता भभएको पनि मन्त्री चौधरीले बताउनुभयो ।