बझाङ-१ को उपनिर्वाचन अपडेट: एमालेका उम्मेदवार दमन भण्डारीको अग्रता कायमै
काठमाडौं । बझाङ-१ को प्रदेशसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेले ६ सय ७७ मतको अन्तर कायम राखेको छ ।
आइतबार राति साढे ९ बजे सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३ हजार ४ सय ९७ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको हो ।
त्यस्तै, नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८ सय २०, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८ सय ८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार ५० मत प्राप्त गरेका छन् ।