कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको २ दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार दिउँसो स्वदेश फिर्ता हुनुभएको छ।
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको २ दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार दिउँसो स्वदेश फिर्ता हुनुभएको छ।
उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो । सोही अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधान एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र मुख्यसचिव बैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।
कतारका राजा अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण समेत गरेको छ । उहाँ मंगलबार दिउँसो २ दिने राजकीय भ्रमणका लागि नेपालमा आउनुभएको थियो ।