लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मंगलबार अनुमोदन गरेको छ ।
एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मंगलबार अनुमोदन गरेको छ ।
सोही कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा हो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । जसलाई अहिले कांग्रेसले अनुमोदन गरेको छ । प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको डेस्कमा पुगेको हो।
अमेरिका र अन्य पश्चिमी अधिकारीहरूले युवाको माझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै जसले बेइजिङलाई डाटा संकलन गर्न र प्रयोगकर्ताहरूमाथि जासुसी गर्ने अनुमति दिने आरोप लगाएका छन् । अमेरिकामा मात्र यसको प्रयोगकर्ताको संख्या १७ करोड रहेको जनाइएको छ ।
आलोचकहरूले टिकटक बेइजिङको अधीनमा रहेको र गलत प्रचार फैलाउने माध्यम भएको बताएका हुन् । चीन र कम्पनीले सोही दावीहरूको कडा रूपमा खण्डन गरेका छन् । कुनै पनि कम्पनीलाई अमेरिकी बजारमा सञ्चालन गर्नबाट रोक लगाउन दुर्लभ कदम चाल्न सक्ने उक्त विधेयक प्रतिनिधिसभाले बलियो द्विदलीय (डेमोक्रेट र रिपब्लिकन) समर्थनका साथ पारित गरेको ३ दिनपछि सिनेटले १८ का विरुद्ध ७९ मतले पारित गरेको थियो ।
राष्ट्रपति बाइडेनले कानूनमा हस्ताक्षर गर्ने बताउनुभयो। उहाँले यहि महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दुर्लभ टेलिफोन वार्तामा टिकटकका बारेमा आफ्नो चिन्तालाई दोहोर्यानुभएको थियो । गत शनिबार सदनमा मतदान भएपछि टिकटकले गुनासो गर्दै कानून निर्माताहरूले १७ करोड अमेरिकीको स्वतन्त्र अभिव्यक्तिलाई कुल्चिने, ७० लाख व्यवसायलाई ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा वार्षिक २४ अर्ब डलरको योगदान गर्ने प्लेटफर्म बन्द गर्ने प्रतिबन्धित विधेयकलाई अवरोध पार्ने प्रयास गर्नु ‘दुर्भाग्यपूर्ण भनेको हो ।
विधेयक अन्तर्गत बाइटडान्सले १ वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरहरूबाट बाहिरिनु पर्नेछ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत अमेरिकी अर्थमन्त्रीका रूपमा काम गर्नुभएका स्टिभन मेनुचिनले आफू टिकटकलाई अधिग्रहण गर्न इच्छुक रहेको भन्दै लगानीकर्ताहरूको समूह भेला गरेका छन् ।
टिकटक वर्षौंदेखि अमेरिकी अधिकारीहरूको निशानामा परेको हो। अधिकारीहरूले उक्त प्लेटफर्मले बेइजिङलाई अमेरिकामा यसको प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको बताएका हुन् । यद्यपि प्रतिबन्धले मुद्दा चलाउन सक्छ । कांग्रेसले पारित गरेकोे विधेयकले शत्रु मानिएको मुलुकद्वारा नियन्त्रित भएमा अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रिय सुरक्षाका लागि खतराका रूपमा अन्य आवेदनहरू तोक्ने अधिकार दिन्छ ।