इलाम-२ को उम्मेदवार बनेर पहिलो पटक मतदान गर्न पाउँदा उत्साहित भएको छु: सुहाङ नेम्वाङ
काठमाडौं । इलाम–२ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले शनिबार मतदान गर्नुभएको छ ।
इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेर शनिबार बिहान मतदान गर्नुभएको हो। मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले इलाम नयाँ युगमा अग्रसर भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले आफू पहिलो पटक उम्मेदवार भएको र उत्साहित रहेको पनि बताउनुभयो।
एमालेका उम्मेदवार नेम्वाङले मतदान गर्दै गर्दा दिवंगत आफ्ना पिता सुवासचन्द्र नेम्वाङलाई सम्झेर भावुक भएको उल्लेख गर्दै आफूले जित्नेमा आशावादी रहेको बताउनुभएको छ । इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको हो ।