युक्रेनले रुसविरुद्ध लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको अमेरिकाले दावी गरेको छ।
एजेन्सी । युक्रेनले रुसविरुद्ध लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको अमेरिकाले दावी गरेको छ।
आफूले उपलब्ध गराएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले गोप्य रुपमा प्रयोगमा ल्याएको अमेरिकाले दावी गरेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मार्च महिनामा उपलब्ध गराएको हतियारमा ब्यालेस्टिक मिसाइल पनि रहेको अमेरिकी अधिकारीको दावी गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ। अमेरिकाले उपलब्ध गराएका हतियार करिब एकपटक प्रयोग भइसकेको अमेरिकी अधिकारीहरुले दावी गरेका हुन्।
अमेरिकाले फेरि नयाँ हतियार युक्रेनलाई सहयोग गर्ने घोषणा गरिसकेको छ। राष्ट्रपति बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेका हुन्। गत हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानूनलाई अनुमोदन गरेको थियो।
अमेरिकी कांग्रेसमा ६ महिनादेखि विधेयक अड्किएको थियो। तर मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ। राष्ट्रपति बाइडेनले जुनसुकै समयमा सोही विधेयकमा हस्ताक्षर गर्न सक्ने विश्वास गरिएको समाचारमा उल्लेख गरिएको हो ।
सोही विधेयकमा इजरायल र ताइवानका लागि अर्बौं डलरको सहायताको प्रावधान रहेको छ।