पश्चिमी कम्बोडियाको एक हतियार डिपोमा आगलागी हुँदा २० जना सैनिकको मृत्यु
एजेन्सी । पश्चिमी कम्बोडियाको एक हतियार डिपोमा भएको आगलागीमा २० जना सैनिकको मृत्यु भएको छ ।
श्रृंखलावद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको प्रधानमन्त्री हुन मानेटले बताउनुभएको हो । काम्पोङ स्पेउ प्रान्तको चबर मोन शहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड रहेको थियो ।
काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ । हतियार डिपोमा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको हो ।