राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
सोही बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा आगामी बजेट २०८१/०८२ को सम्बन्धमा पूर्वबजेट छलफल हुने भएको छ ।