तराई मधेशमा होलीको रौनक
दृष्टि सञ्चार संवाददाता । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो ।
पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी जिल्लाहरुमा भने आइतबार सार्वजनिक बिदा थियो ।
त्यसो त तराई मधेशमा दिनदिनै होली पर्वको रौनक छ । आइतबारदेखि सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेशमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवर्त्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू समुदायले आइतबार नै होली मनाएका छन् ।
साधु परम्परा (मठ, गुरुकूल परम्परा) मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । यसअनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमबार (आज) होली पर्व मनाइँदैछ ।